२२ बैशाख २०८१, शनिबार

सांसद भट्टराईले आज पद तथा गोपनियताको सपथ लिने


पुस १, काठमाडौं । कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन् । गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै निर्वाचित सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मङ्गलबार दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराउन लागिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु