२० जेष्ठ २०८१, आइतबार

प्रदेश ३ को नाम र राजधानी केही दिनमै तय गर्न प्रचण्डको आग्रह


प्रचण्ड

१० मंसिर, हेटौंडा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार हेटौंडामा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूसँग कुरा गदै प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन आग्रह गरेका छन् ।

प्रदेशको नाम र स्थायी राजधानीबारे अन्यौल राख्न नहुने भन्दै प्रचण्डले भने, ‘राजधानी तोक्ने, नामकरण गर्ने यो प्रदेशको पनि बाँकी छ । अझै के होला कसो होला भन्ने स्थितिमा राख्न हुँदैन । केही दिनभित्रै यो कुरा टुंगिनुपर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !