२१ बैशाख २०८१, शुक्रबार

पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री यादवले भने, ‘प्रधानमन्त्रीले बढी नै माया गर्नुभयो’


९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहिबार मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै केहि मन्त्रीहरु बिदाइ भएका छन् भने केहि मन्त्रीहरुको पद हेरफेर भएका छन् । ६ जना मन्त्री र ३ राज्यमन्त्री गरि ९ जनालाई नियुक्ति गरेका छन् । अन्य २ जना मन्त्रीहरुको भने पद हेरफेर गर्दिएक छन् ।

हेरफेर हुनेमध्यका एक समाजवादी पार्टीका अध्यक्ष तथा निवर्तमान स्वास्थ्य मन्त्री उपेन्द्र यादव हुन् । उपप्रधानमन्त्रीसमेत रहेका यादवलाई स्वास्थ्य मन्त्रालयवाट कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् । भारतको भ्रमणमा रहेका यादवलाई सल्लाह नदिकन स्वास्थ्यदेखि कानुन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । समाजवादी पार्टीवाटै मन्त्री बनेका स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई भने हटाएको छ ।

यससँगै उपेन्द्र यादवलाई सरकार छोड्न दवाव आएको छ यादवली आज मात्र पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले आफूलाई बढी नै माया गरेको बताएका छन् । पदभार ग्रहण गर्दै गर्दा मन्त्रालय हेरफेरबारे प्रधानमन्त्रीले तपाईंसँग परामर्श गर्नु भएको थियो ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री यादवले भने, ‘धेरै मन्त्रालयको अनुभव होस्, अनुभवी नेता बनोस् भनेर पठाएको हुनसक्छ ।’

यादवले संविधान संशोधन गर्ने सहमति कार्यान्वयन गर्ने बेला आएको पनि बताए । उनले भने, ‘संविधान संशोधन राजनीतिक विषय हो, हामीले यसअघि नै सहमति गरिसकेका छौं । अब कार्यान्वयन गर्ने बेला आएको छ ।’

नयाँ शक्ति र संघिय समाजवादी पार्टी फोरम एकतापछि बारम्बार सरकार छोड्नलाई दवाव आउँदा पनि यादवले सरकार छोडेका थिएनन् । तर यस मन्त्रिपरिषद् पुनर्गठनले झन यादवलाई दवाव आउन थालेको छ ।एता राजपा भने सरकार छाडे मात्र पार्टी एकता गर्ने भन्दै आइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !