१९ बैशाख २०८१, बुधबार

हेलिकोप्टर चढाएर निर्वाचन कार्यालय पुर्याए पनि उम्मेदवारी फिर्ता लिएनन्


२४ कात्तिक, पोखरा । बाग्लुङ ‘२ ख’ मा उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनमोर्चालाई साथ दिएको छ । तर, नेकपा बाग्लुङका नेता रहेका शेरमान घर्तीले भने बागी उम्मेदवारी दर्ता गरे । यसले नेकपालाई समस्यामा परेको थियो । तर नेकपाले भने घर्तीको उम्मेदवारी फिर्ता गराउने प्रयास थालेका थिए ।

आइतबार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा उनलाई होलिकप्टरमा राखेर सदरमुकामसम्म ल्याइएको थियो । तर घर्तीले उम्मेदवारी फिर्ता लिएनन् । नेकपाले उम्मेदवार नउठाइ राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएपछि उनले बागी उम्मेदवारी दिएका थिए । घर्ती तत्कालीन माओवादीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयरमा पराजित उम्मेदवारसमेत हुन् ।

जिल्ला निर्वाचन कार्यालयले आइतबार विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !