१४ बैशाख २०८१, शुक्रबार

प्रदेश ५ ले यसरी मनाइयो संविधान दिवस


३ असोज, रुपन्देही । प्रदेश ५ सरकारले पनि संबिधान दिवस भव्य रुपमा मनाएको छ । मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा बुटवलमा जातिय भेषभुषा र संस्कृति झल्कने झाँकी र बाजागाजा सहित संविधान दिवस मनाइएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य बलियो बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जारी भएको संविधान कार्यान्वयनमा तीन तहका सरकार क्रियाशील रहेको र आर्थिक विकास र समृद्धिको काममा सरकार लागेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !