१४ बैशाख २०८१, शुक्रबार

सीको भ्रमण पूर्व चीनबाट आइपुगे तीस ट्रक कोशेली


china-president-xi-jinping

१८ भदौं, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आगमनको पूर्वसन्ध्यामा उत्तरी सहयोग नेपाल भित्रिएको छ । अक्टुबर १५ तारिखको भारत भ्रमणपछि घर फर्कन क्रममा नेपाल पस्नुपूर्व १५० मिलियन चिनियाँ मुद्रा (आरएमबी) अर्थात् २३ करोड ९५ लाख ५० हजार बराबरको सैन्य सहयोग नेपाल आइपुगेको हो ।

चीनका १४ सीमावर्ती राष्ट्रमध्ये सीले ६ वर्षे कार्यकालबीच भ्रमण गर्न बाँकी देश नेपाल र म्यानमार मात्र हुन् । म्यानमार, जहाँ रोहिंग्या समुदायको समस्या छ र उनीहरु शरणार्थीका रुपमा विभिन्न देशमा छन् । त्यसमाथि त्यहाँकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई पश्चिमा मुलुकको समर्थन छ । यस्तो स्थितिमा विवादमा नपर्ने नीतिका कारण सी त्यता गएका छैनन् ।

तर, पहिला बंगलादेशबाट भारतीय पर्यटकीय सहर गोवा गएका उनी नेपाल नटेकी फकिएकोमा यसपटक त्यसको क्षतिपूर्ति तिर्ने तयारी भएको बुझिन्छ । राष्ट्रपतिको भ्रमणपूर्व चीनले ठूलो मात्रामा सैनिक सहयोग नेपाल पठाएको छ । यो समाचार जनआस्था साप्ताहिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !