१२ जेष्ठ २०८१, शनिबार

विप्लवका इन्चार्जमाथि केन्द्रबाटै गएको प्रहरीले ‘इन्काउन्टर’ गरिएको: गृहमन्त्री


२४ असार, काठमाडौं । आजको प्रतिनिधि सभाको बैठकमा सांसदहरूको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलले चन्दा आतंक मच्चाएकाले प्रहरी कारबाहीमा मारिएको बताएका छन् ।

मन्त्री थापाले विप्लवका जिल्ला इन्चार्ज पौडेलमाथि केन्द्रबाटै गएको प्रहरीले ‘इन्काउन्टर’ गरिएको बताएका छन् ।

उनले उक्त घटनापछि राज्य व्यवस्था समितिको निर्देशन अनुसार बनेको छानबिन समितिले पनि विप्लवका इन्चार्जले गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गर्दा मारिएको जवाफ दिएका छन् ।

‘सर्लाहीको लालबन्दी र हरिवन इलाकामा समाजसेवी र जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की आतंक सिर्जना व्यापक जनगुनासो बढेपछि प्रहरीले गस्ती बढाएको थियो’, उनले भने, ‘नेकपा विप्लव समूहले देशैभरी सार्वजकि सम्पत्ति हानी नोक्सानी र जनप्रतिनिधिलाई राजनीनामा दिन धम्की दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !