५ जेष्ठ २०८१, शनिबार

भारत भ्रमणमा निस्किए प्रधानमन्त्री, भारतीय विदेशमन्त्रीले गरिन् स्वागत


prachanda-in-india

चार दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री दाहाललाई स्वागत गरेकी थिइन्।

नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा राज्यमन्त्रीले स्वागत गर्ने गरेका थिए। तर, ०६२/६३ को आन्दोलन पछि भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भारतीय समकक्षी मनमोहन सिंहले स्वागत गरेका थिए।

यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा जाँदा राज्यमन्त्रीले स्वागत गरेका थिए भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत जाँदा चिफ अफ प्रोटोकलले स्वागत गरेका थिए।
विदेशका कतिपय अत्यन्तै महत्वपूर्ण नेताले भारत भ्रमण गर्दा पनि प्रधानमन्त्री आफैं विमानस्थल गर्ने गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत भ्रमणमा आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमा स्वागत गरेका थिए।

१ सय १६ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बिहिबार अपरान्ह नयाँ दिल्ली पुगेका हुन्। विमानस्थलबाट प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपतिको भवन गएका छन्। भ्रमण अवधिभर उनी राजकीय पाहुनाको हैसियतमा राष्ट्रपति भवनमा बस्ने छन्। प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।

भारत भ्रमण सकेर प्रधानमन्त्री दाहाल असोज २ गते स्वदेश फर्कने छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !