५ जेष्ठ २०८१, शनिबार

उपप्रधानमन्त्री निधिद्धारा संसदमा मोदीलाई बुझाएको पत्रबारे जानकारी


bimlendra-nidhi

काठमाडौं, १२ भदौ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएको बारेमा आज संसदमा जानकारी गराएका छन् ।

आईतबार संसदमा बोल्दै उपप्रधानमन्त्री निधिले आफूले भारतीय विदेशमन्त्री, गृहमन्त्री विभिन्न दलका नेता जसले नेपालको राजनीतिक परिवर्तनमा सहयोग गरेका नेताहरुसँग भेट गरी सरकारको पहिलो प्राथमिकताका लागि सबैको सहमतिमा अगाडि बढ्ने बारेमा कुरा गरेको जनाए ।

त्यस्तै नेपालको संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचत गर्ने कुराको जानकारी समेत गराएको बताए । सरकारको साउन २७ गतेको निर्णय अनुसार आफूले भारतको भ्रमण गर्दा राष्ट्रपतिको तर्फबाट भारतीय राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न र विगत २७ वर्षदेखि नेपाल भ्रमण नभएको अवस्थालाई पुन सुचारु गर्न पत्र दिएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !