१५ जेष्ठ २०८१, मंगलबार

चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरिएकोमा रासपाको आपति


rudra

११ माघ, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालका संयोजक रुद्रजङ पुलामीले आज प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ ।

प्रतिनिधिसभा बैठकले प्रतिपक्षी दलको विरोध भए पनि सो विधेयक पारित गरेको थियो । यस सन्दर्भमा राष्ट्रिय समाजवादी पार्टी नेपालका संयोजक पुलामीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारले सिमित मुट्ठीभर नवसामन्त, माफीया, दलाल नोकरशाही, तीनका नेताको हितमा हुने र आम जनताको अहितमा हुने गरी ल्याइएको चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरिएकोमा खेद प्रकट सहित घोर भर्त्सना गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !