२४ बैशाख २०८१, सोमबार

माओवादीले छान्यो नयाँ मन्त्री, दिउँसो शपथ


mantri-naya

काठमाडौं, २८ साउन- पार्टी भित्रको विबादका विच माओवादीले सरकारमा पठाउने मन्त्रीको नाम टुङ्लो लगाएको छ । केन्द्रीय कार्यालयले दिएको अधिकार अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको टुङ्गो लगाउनु भएको माओवादी उच्च स्रोतले जानकारी दियो ।

जसअनुसार जनार्दन शर्मा प्रभाकर उर्जा, हितराज पाण्डे स्थानीय विकास, राम कार्की सूचना तथा सञ्चार र डीआर पौडेल शिक्षा मन्त्री बन्नेछन् । कानून मन्त्रालयमा प्रस्तावित प्रभु साहको नाम भने अन्तिम समयमा हटाएर अजय शंकर नायकलाई कानून मन्त्री बनाइने माओवादी स्रोतले जनायो ।

कानून मन्त्रालयमा प्रस्ताव गरिएका प्रभुले त्यो भन्दा संसदीय समितिको सभापति नै बस्ने बताएका थिए । सरकारले स्थानिय तहको निर्वाचन गर्नेभए असन्तुष्टि रहेको मधेशमा आफुले सन्तुलन मिलाउने भन्दै उनले स्थानिय विकास मन्त्रालयमा दावी गरेका थिए ।

पार्टीभित्र विबाद मिल्न नसक्दा प्रधानमन्त्री निर्वाचित भएको १० दिनपछि माओवादीले मन्त्रीको टुङ्गो लगाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !