१७ असार, २०७३:- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमा अहिले राष्ट्रिय सहमतीय सरकारको नारालाई जोड दिने गरेका छन् । जुन सुन्दा प्रिय नै लाग्छ । तर सजिलो भने छैन । खासगरी सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सहमति जुट्न सजिलो छैन ।
प्रधानमन्त्री अोली भने अहिले नै सरकार नछाड्ने लडमा बसिरहेका छन् । उनी
प्रतिपक्षि र सत्तारुढ पार्टीहरुले सरकार बिरुद्द गरिने र भइरहेका गतिविधिलाई सामान्य रुपमा नै लिन्छन्।
ठुला-ठुला परीयोजना, निति तथा तर्जुमा त जनताले पाएका छन् तर राहत र बिकासको क्रियाकलापको बढदो क्रम चैं खासै जनताले महसुस गर्न पाएका छैनन्।
तर, सधै सत्ता परीवर्तन को छाटमा मात्रै हिडने हो भने देशले परीवर्तन चाहि पाउने छाँट देखिदैन ।
प्रमुख प्रतिपक्षि दल नेपाली क्रांगेस पनि आफ्नो कब्जामा सत्ता ल्याउन निकै कसरतमा छ, लगातारको संसद अवरोध र सरकारका गतिविधिमा थप चुनौतिका शब्द र वातावरण तयार गर्न निरन्तर लागि पर्दैछ, विशेष सभापति देउवा राजनैतिक संयन्त्रलाई दरीलो बनाउदै लगिरहेका छन्।
पछिल्लो समयमा क्रांग्रेस र नेकपा माओवादीविच निकै साँठगाँठ देखिएको छ विशेषत: सरकार परीवर्तनका वारेमा, तर नेतृत्व चाँहि दुवै पक्षले आफ्नो नै पल्टामा पर्न चाहन्छन्।
माओवादी नेतृत्वले प्रचण्डकै नेतृत्वमा सहमति जुट्ने सम्भावना देखेको छ । कांग्रेस र एमालेले एकअर्काको नेतृत्व स्वीकार नगर्ने भएकाले आफ्नो पोल्टामा सरकारको नेतृत्व आउने प्रचण्डको विश्लेषण छ, माओवादीको यो पहिलो विकल्प हो ।
तर, यसमा नभए चक्रिय प्रणाली पनि हुन सक्छ । स्रोतका अनुसार पहिलो एक महिना केपी ओली नेतृत्वमा कांग्रेस सहितको राष्ट्रिय सरकार बनाउने, त्यसपछि प्रचण्ड प्रधानमन्त्री हुने र अन्तिममा देउवालाई सरकारको नेतृत्व दिने गरी चक्रीय प्रणाली पनि विकल्पका रुपमा अघि सारिएको छ ।