१ फाल्गुन २०८२, शुक्रबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ


दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । शुक्रबार नेपाल प्रहरीले प्रसाईंलाई काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो ।

निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । विभिन्न आरोपमा उनी पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन् । प्रसाईंमाथि के कसरी कारबाही अघि बढाउने भन्ने विषयमा प्रहरीले गृहकार्य गरिरहेको उनले बताए ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए । सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।

उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !