२ फाल्गुन २०८२, शनिबार

हर्क साम्पाङले दिए मेयर पदबाट राजीनामा


हर्क साम्पाङ

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । उनले आज बेलुकी उपप्रमुख आइन्द्रविक्रम बेघासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

यसअघि उनले राजीनामा दिन आउने भन्दै दिनभरि बेघालाई कुराएका थिए । उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुनका लागि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

मेयर निर्वाचित भएका साम्पाङ पछिल्लो समय ‘श्रम संस्कृति पार्टी’ गठन गरी त्यसको अध्यक्ष बनेका थिए । उनले अब सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ निर्वाचन लड्ने घोषणा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !