काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । आज सोमबार प्रसाईंले छिट्टै पार्टी घोषणा गर्ने बताएका हुन् ।
दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले आज आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै पार्टीको नाम छिट्टै घोषणा गर्ने बताए ।
आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकोले राजनीतिक दल खोल्ने निश्चय गरेको उनले दाबी गरे । उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताए ।
उनले आफू राजनीतिमा नथाकेको बताएका छन् । अब व्यवस्थामा बसेर व्यवस्था विरोधी आन्दोलन हुने बताए ।
उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् । उनले राप्रपाभन्दा आफूहरु फरक हुने बताए ।












