९ माघ २०८१, बुधबार

प्रचण्डले ‘सरकार ढल्छ’ भनेको भोलिपल्ट देउवाले बोलाए मन्त्रीलाई छलफलमा


शेरबहादुर देउवा

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले विहीवार आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु छलफलला लागि बोलाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेर हिजो मंगलबार मात्रै पत्रकारसँग सरकार आफ्नै कारणले ढल्न लागेको टिप्पणी गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले सरकार ढल्छ भनेको भोलिपल्ट काँग्रेस सभापति देउवाले आफ्ना पार्टीका मन्त्रीलाई छलफलमा बोलाउनुले नेपालको राजनीति पुन: तातेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा काँग्रेसको तर्फबाट १० जना मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अर्न्तक्रियाका लागि बैठक बोलाएको बुझिएको छ । यद्यपि सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेको छ । संसद् बैठक बस्नुअघिको मन्त्रीहरूले के–के काम गरिरहेका छन् भनेर बुझ्न देउवाले मन्त्रीहरुलाई बोलाएको भनिएतापनि यसलाई मात्र विश्वास गर्ने आधार त्यति देखिदैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैछ भनेर बजारमा चलाइएको हल्ला भ्रम भएको बताएका छन् । बालुवाटारमा आज बुधबार बिहान उद्योगी व्यवसायीहसँगको भेटघाट कार्यक्रममा उनले यस्तो स्पष्ट पारेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !