१ कार्तिक २०८१, बिहीबार

सर्च कमिटीलाई पूर्णता दिन तीन दलका शीर्ष नेताहरु सहमत


तीन दलका शीर्ष नेताहरु सहमत

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा दुबै आयोगका पदाधिकारी सिफारिस समिति (सर्च कमिटी) लाई पूर्णता दिन तीन दलका शीर्ष नेताहरु सहमत भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

आजको भेटमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश बडाल लगायतका नेताहरू सहभागी थिए।

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका बाँकी विषय टुङ्ग्याउन दलहरू सहमत भएको माओवादी केन्द्रका उपमहासचिव बस्नेतले जानकारी दिएका छन् ।

तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने कुरामा दलहरू एक मत भएको बताउँदै उनले एक–दुई दिन भित्रमा सर्च कमिटी गठन हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !