७ मंसिर २०८१, शुक्रबार

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै


रास्वपा बैठक फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । रास्वपाको केन्द्रीय समिति बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।

देशमा विकसित पछिल्लो समसामयिक राजनीतिक परिस्थिति, सरकारमा रहँदाको समीक्षा र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक आज बस्न लागेको हो ।

कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि रास्वपाले केही दिनमा आफ्ना मन्त्रीले राजीनामा दिने निर्णय गरिसकेको छ । कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ ।

रास्वपाले अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्बाट बाहिरिने निर्णय गरिसकेको छ । हिजो मंगलबार सिंहदरबारमा बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !