१० मंसिर २०८१, सोमबार

सत्तापक्ष र काँग्रेसबीच जुटेन सहमति, कांग्रेसले संसद् अवरोध जारी राख्ने


डा. प्रकाशशरण महत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्ने भएको छ । सत्तापक्ष र काँग्रेसबीच सहमति जुट्न नसकेपछि काँग्रेसले संसद अवरोध जारी राख्ने भएको हो ।

सहकारी प्रकरणमा सत्तापक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले संसद अवरोध जारी राख्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

आज बिहीबार दिउँसो सत्तापक्ष र कांग्रेसबिच भएको छलफलमा सहमति नजुटेपछि कांग्रेसले संसद् अवरोध राख्ने आफ्नो अडान कायम राखेको हो । सत्तापक्षले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नतोकेर संसदीय समिति गठन गर्नुपर्ने अडान लिएपछि सहमति जुट्न नसकेको हो ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले सत्ता पक्षसँग छलफल गरेपनि संसदीय छानबिन समिति गठनको विषयमा सहमति नभएको महतले बताए । कांग्रेसले सरकारले सदनको अवरोध खुलाउन प्रयास नगरेको आरोप पनि लगाएको छ ।

महतले जो व्यक्तिमाथि छानबिन मागेको हो उसलाई जोगाउने गरी हुने छानबिनको अर्थ नहुने र कांग्रेसलाई स्वीकार्य पनि नहुने बताए । प्रतितिनिधिसभा बैठकअघि कांग्रेसका शीर्ष नेताबीच भएको छलफलले संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !