१९ बैशाख २०८१, बुधबार

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ


दीर्घ सोडारी

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले सपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री सोडारीलाई आज साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सोडारी नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार आज बिहीबार साँझ नै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । उनी नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका सदस्य र स्वतन्त्र सांसद डा. तारा जोशीका समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यसअघि आजै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर) र स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको नियुक्तको लागि दाबी पेश गरेका थिए ।

मुख्यमन्त्री सोडारीलाई एमालेका १०,माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका चार , नागरिक उन्मक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ । सो संख्या सुदूपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन्। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !