१८ बैशाख २०८१, मंगलबार

बाबुरामका विश्वासपात्र विश्वदीप पाण्डेले गरे पार्टी परित्याग, माओवादीमा फर्किए


विश्वदीप पाण्डे

काठमाडौँ । पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईको प्रेस सल्लाहकारको समेत जिम्मेवारी निर्वाह गरेका विश्वासपात्र विश्वदीप पाण्डेले पार्टी परित्याग गरेका छन् ।

आज बिहान सामाजिक संजालमार्फत पाण्डेले भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा) परित्यागको घोषणा गरेका हुन् । उक्त पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारीमा रहेका पाण्डेले आज नेसपा छोडेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’

नेसपाका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) पाण्डे आफ्नो पुरानो पार्टी नेकपा (माओवादी केन्द्र) मा फर्किएका हुन् । पाण्डेलाई आज सोमबार बिहान प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !