१८ बैशाख २०८१, मंगलबार

एमालेको संसदीय दलको बैठक आज बस्दै


एमाले संसदीय दलको कार्यालय फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा एमालेको संसदीय दलको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

आज बस्ने एमाले संसदीय दलको बैठकमा देशको समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ । यसका साथै संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !