१९ बैशाख २०८१, बुधबार

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै


एमाले सचिवालय बैठक

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । एमालेको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।

आज बस्ने बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी गर्न बस्न लागेको हो । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावारीस्थित सनराइज हलमा बस्ने बताइएको छ ।

यस्तै नेकपाको ७५ औँ स्थापना दिवस र आगामी वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !