१९ बैशाख २०८१, बुधबार

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै


कांग्रेसको संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक आज बिहान ८ बजे बस्ने भएको हो ।

यस्तै कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बिहान ७ः३० बजे र संसदीय दलको बैठक आजै बिहान ८ बजे बस्ने भएको हो । सरकारले संसदको चालु अधिवेशन आजै आइतबारदेखि नै अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निणय गरेकोले सोको बारेमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

काँग्रेसको संसदीय दलको बैठकमा देशको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने पनि बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !