१९ बैशाख २०८१, बुधबार

राप्रपाद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग


राप्रपा प्रदर्शन_आन्दोलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप गरेर तितरबितर गरेपछि गृहमन्त्री लामिछानेको राजीनामा माग थप गरिएको हो ।

राप्रपाको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको हो ।

निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेडको स्थिति सिर्जना गर्ने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । राप्रपाको जारी प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

राप्रपाका प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो । प्रहरी र प्रदर्शनकारीबीच काठमाडौँको भद्रकालीमा झडप भएको थियो । राप्रपाले आज काठमाडौँमा गरेको प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !