२१ बैशाख २०८१, शुक्रबार

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा


ज्ञानबहादुर शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको हो ।

निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेडको स्थिति सिर्जना गर्ने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । राप्रपाको जारी प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

राप्रपाका प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो । प्रहरी र प्रदर्शनकारीबीच काठमाडौँको भद्रकालीमा झडप भएको हो ।

भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको हो । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अहिलेसम्म दुई सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो ।

राप्रपाले आज काठमाडौँमा गरेको प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !