९ असार २०८१, आइतबार

नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने माओवादीको निर्णय


नारायण दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले मनोनीत राष्ट्रियसभा सदस्य दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नाता पर्ने व्यक्ति हुन् । उनी पार्टीका स्थायी कमिटी सदस्य पनि हुन् । राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ ।

सत्ता गठबन्धनका दलहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेले लिने सहमति भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !