२० बैशाख २०८१, बिहिबार

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी


सत्ता गठबन्धन

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक जारी रहेको हो ।

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यानवयन लगायतका विषयमा छलफल गर्ने बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी रहेका छन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका नेता महन्थ ठाकुर सहभागी छन् । त्यस्तै कांग्रेसका उपसभापति समेत रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कांग्रेस महामन्त्री गगन थापा, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, जसपाका राजेन्द्र श्रेष्ठ पनि छलफलमा सहभागी छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आगामी फागुन २२ गते सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । सङ्घीयता कार्यान्वयनबारे छलफल गर्न बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको छलफल जारी रहेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !