२१ बैशाख २०८१, शुक्रबार

पूर्वमन्त्री एवं कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन


केशवकुमार बुढाथोकी

काठमाडौं । पूर्वसामान्य प्रशासन मन्त्री एवं नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधाराका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।

उनी निमोनिया, ब्लड प्रेसरमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । पूर्वराजा वीरेन्द्रका ‘क्लासमेट’ समेत रहेका बुढाथोकी पञ्चायत हुँदै कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए ।

उनी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामान्य प्रशासन मन्त्री बनेका थिए । उनी एक हप्ता अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए ।

उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । दुवै छोरा र एक छोरी अष्ट्रेलियामा छन् । उनको पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !