२१ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु


कांग्रेसको संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सुरु भएको छ । कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको हो ।

बैठकमा आगामी माघ २२ गते सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी माघ २२ गते अपराह्न ४ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् । यस हिउँदे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !