२१ बैशाख २०८१, शुक्रबार

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता


सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई शीर्ष नेताबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले  जनाएको छ ।

संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई नेताबीच भएको भेटवार्तामा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ । आगामी माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी माघ २२ गते अपराह्न ४ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् । यस हिउँदे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !