१८ बैशाख २०८१, मंगलबार

सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी


सत्तारुढ गठबन्धन

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रियसभामा सुदूरपश्चिमको रिक्त रहेको तीन सिटमा गठबन्धनका सवै उम्मेदवार विजयी भएका हुन् ।

महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ काङ्ग्रेसकै बलदेव बोहरा विजयी भएका हुन् । चन्दले ४ हजार ४५३ मत भट्टले ४ हजार ४१९ मत बोहराले ४ हजार ३२८ मत ल्याएर विजयी भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !