२१ बैशाख २०८१, शुक्रबार

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आज सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो ।

एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको हो । साथै बैठकमा पार्टीको विधान संशोधनलगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा विषयमा छलफल हुने बताइएको छ ।

माघमा हुने विधान सम्मेलनले पारित गरेको विधान मस्यौदा जेठ पहिलो साता हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्नेछ । एकीकृत समाजवादीको आगामी माघ १४ र १५ गते हुने केन्द्रीय परिषद्को बैठकले विधान संशोधन गर्नेछ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !