२२ बैशाख २०८१, शनिबार

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने


राष्ट्रियसभा सदस्य निर्वाचन

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ । निर्वाचन आयोगका अनुसार हिजो सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको हो ।

राष्ट्रियसभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूविरुद्ध परेको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

यही पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ ।

२७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !