१२ असार २०८१, बुधबार

संस्कृतिमन्त्री किरातीको बर्खास्ती माग गर्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन


किरातीको बर्खास्ती माग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्ती गर्नेपर्ने माग गर्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन भएको छ । संस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै पशुपति क्षेत्रमा नेपाल सनातन धर्म संस्कृति संगठनले विरोध प्रदर्शन गरेको हो ।

हिजो बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले ‘क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन गर्दै प्रदर्शनकारीले मन्त्री किरातीको राजीनामा पनि माग गरेका हुन् ।

प्रदर्शनकारीले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।

मन्त्रीको सोही अभिव्यक्तिलाई लिएर सामाजिक संजाल लगायत देशभर चर्को आलोचना भएको छ । धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइनु नहुने पनि भन्दै उनले ध्यानाकर्षण गराए ।

यो पनि पढ्नुहोस्

साम्प्रदायिक विद्वेष फैलाउने किराती संस्कृतिमन्त्रीको पदमा बस्न मिल्दैन : रवि लामिछाने

पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न अध्यक्ष थापाको माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !