८ जेष्ठ २०८१, मंगलबार

एनसेलले कानुन विपरीत गरेको रहेछ भने हदैसम्मको कारबाही गर्छौँ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कानुनविपरीत सेयर खरिद-बिक्री गरेको रहेछ भने हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारमाथि उठेका प्रश्नहरूबारे छलफल गर्न बोलाएर बैठकमा पुगेका प्रधानमन्त्री प्रचण्डले एनसेल खरिदविक्रीसँग चर्चा आएदेखि सरकार गम्भीर रहेको बताएका हुन् ।

उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि आफू गम्भीर रहेको बताए । उनले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताउदै यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका हुन् ।

उनले आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मन्त्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको बताए । एनसेलबारे अध्ययन गर्न सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !