२२ बैशाख २०८१, शनिबार

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


नेकपा एसको सचिवालय बैठक फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान ८ः३० बजेदेखि बैठक सुरु भएको सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आइतबारका लागि बोलाइएको उक्त बैठक छलफलका विषय महत्वपूर्ण भएको र गृहकार्य अपुग भएकाले गृहकार्य नपुगेको भन्दै आजका लागि सरेको थियो ।

आजको बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेचीमहाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशन र सरकारका कामकारबाहीबारे छलफल हुने सो पार्टीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !