१८ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


राष्ट्रियसभा

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर १ मिनेटका लागि बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने पहिलो सम्भावित कार्यसूची रहेको छ ।

साथै आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने दोस्रो सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !