६ जेष्ठ २०८१, आइतबार

कांग्रेस कामै नलाग्ने थोत्रो भइसक्यो, प्रचण्डले जे भन्यो त्यही मान्छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस कामै नलाग्ने थोत्रो भइसकेको टिप्पणी गरेका छन् । आज पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस पुरानो भएको दाबी गरेका हुन् ।

उनले कांग्रेसले आफूसँग कति सिट छ भन्ने समेत थाहा पाउन छाडेको आरोप लगाए । उनले काँग्रेसले केही गर्न नसकेकै कारण ८७ सीट भएर पनि ३२ सीटको माओवादीको पछाडि निरीह भएर लुरुलुरु लागेको टिप्पणी गरे ।

अहिलेको कांग्रेस माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जे भन्यो त्यही मान्ने भइसकेको ओलीले टिप्पणी गरे । ओलीले माओवादी केन्द्र ‘मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो’ भन्ने जस्तो भएको टिप्पणी गरे ।

उनले कांग्रेसलाई मेवा र एमालेलाई आँपको रुखसँग तुलना गरे । अध्यक्ष ओलीले कांग्रेस बुढो भइसकेको टिप्पणी गरे । अध्यक्ष ओलीले माओवादीसँग कुनै नीति नभएको बताए ।

उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल भने कांग्रेस, माओवादी केन्द्रको पछि लाग्न स्वभाविक हुने बताए । बुधबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबिना सत्ता चल्नै नसक्ने बताएको प्रसंगलाई कोट्याउँदै ‌ओलीले उनको नियति नै त्यही भएको टिप्पणी गरे ।

यो पनि पढ्नुहोस्

कांग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैन : माधव नेपाल

माधव नेपाल नेतृत्वको सरकारपछि कांग्रेस एक्लैले सरकार बनाउन पाउनुपर्छ : महामन्त्री थापा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !