१२ श्रावण २०८१, शनिबार

माधव नेपाल नेतृत्वको सरकारपछि कांग्रेस एक्लैले सरकार बनाउन पाउनुपर्छ : महामन्त्री थापा


गगन थापा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल नेतृत्वको भविष्यमा बन्ने सरकारको कार्यकालपछि कांग्रेस एक्लैले सरकार बनाउन पाउनुपर्ने सर्त राखेका छन् ।

कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने प्रस्ताव अघि सारेका छन् ।

वर्तमान सत्ता गठबन्धनमा आलोपालोको सरकारको नेतृत्व गर्ने भएको सहमतिअनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने छन् ।

नेपालको नेतृत्वमा सरकार बनेको बेला कांग्रेस सरकारमा जान नहुने र फ्लोरबाट मात्र समर्थन गर्नुपर्ने महामन्त्री थापाले तर्क गरेका हुन् । मोर्चापछि कांग्रेसको भागमा परेको बेलामा मोर्चाको समर्थनमा कांग्रेस एक्लैले चलाउन पाउनुपर्ने उनको भनाइ छ ।

यस्तै उनले कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव पनि गरेका छन् । अहिलेको दुई वर्ष सरकार बाहिरै बसेर समर्थन गर्न प्रस्ताव गरेका हुन् । उनले प्रचण्ड वा माधव नेपाल जो प्रधानमन्त्री भएपनि मोर्चालाई सरकार चलाउन दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

उनले यसो गर्दा आ-आफ्नो सरकारको बेलामा भएको जस अपजस आ-आफ्नै पार्टीले पाउने बताए । उनले संघमा मात्रै नभएर प्रदेशमा पनि गठबन्धनभित्र नयाँ ढंगबाट जानुपर्ने बताए । आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने स्पष्ट समेत पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !