११ जेष्ठ २०८१, शुक्रबार

एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित


घनश्याम खतिवडा

मोरङ । नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षपदमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान यहाँ सार्वजनिक गरिएको मतपरिणामअनुसार उनले पाँच सय १२ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गरेका थिए । यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित भएका छन् ।

उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !