२६ बैशाख २०८१, बुधबार

यौनिक तथा अल्पसंख्यकको अधिकार सुनिश्चित गरिने


Thammaya Thapa

२३ जेठ, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यौनिक तथा अल्पसंख्यकहरुको हक अधिकार सुनिश्चितताका लागि सरकारले उचित पहल गर्ने बताउनुभएको छ ।

यौनिक तथा अल्पसंख्यकको वर्तमान अवस्था, समस्या तथा चुनौतीका सम्बन्धमा आज मन्त्रालयले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री थापाले संविधानमा उल्लेखित मौलिक हक तथा अधिकारबारे स्पष्ट पार्न र छलफल गरेर कानूनी अप्ठ्यारहरु फुकाउन सरकार गम्भीर हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले संविधानले कानूनबाट कसैलाई वञ्चित नगर्ने भएकाले त्यसलाई कार्यान्वयन गर्न सरकार तत्पर रहेको बताउनुभयो ।

वरिष्ठ पत्रकार बबिता बस्नेतले संविधानका व्यवस्था र सरकारका प्रतिबद्धता पूरा गर्न काम गरेर देखाउने समय आएको बताउनुभयो ।

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले यौनिक तथा अल्पसंख्यकका सम्बन्धमा घर र समाजदेखि नै खुलेर समस्या उजगार गर्ने र समाधानमा लाग्ने वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गर्नुभयो दिनुभयो ।

कार्यक्रममा यौनिक तथा अल्पसंख्यकहरूले आफूहरुलाई नागरिकता, वैवाहिक मान्यता र राज्यको सुविधाका क्षेत्रमा विभेद् गर्न नहुनेमा जोड दिएका थिए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !