१९ बैशाख २०८१, बुधबार

नेम्वाङको निधनपछि एमाले महासचिव पोखरेल स्वदेश फर्किँदै


शंकर पोखरेल फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने भएका छन् ।

पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको कारणले उनी आफ्ना सबै कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्कन लागेका एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनीसहित पार्टीको उच्चस्तरीय टोली यही भदौ १७ गते चीनमा भ्रमणमा गएको थियो । उनका अनुसार महासचिव पोखरेलले आजै छिङ्हाइको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनेछन् ।

स्वदेश फर्कन टिकट पाएका अवस्थामा भ्रमण दलको सबै सदस्य पनि आजै फर्किने विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !