२२ बैशाख २०८१, शनिबार

ललिता निवास प्रकरण : आजदेखि प्रतिवादीको थुनछेक बहस सुरु हुँदै


जिल्ला अदालत काठमाडौं

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा आजदेखि प्रतिवादीको थुनछेक बहस सुरु हुने भएको छ । जिल्ला अदालतमा सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुने भएको हो ।

प्रतिवादीका तर्फबाट फरक-फरक व्यक्तिका वकिलहरुले बहस गर्नेछन् । उनीहरूको बहस सकिएपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ । अन्तिममा सरकारी वकिलका तर्फबाट नै जवाफी बहस हुनेछ ।

हिजो आइतबारदेखि थुनछेक बहस सुरु भएको हो । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा सुरु भएको थुनछेक बहसमा अभियोजनकर्ता सरकारी वकिलका तर्फबाट हिजो चारजनाले बहस गरेका थिए ।

अघिल्लो आइतबार सरकारी वकिलले सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३१० जनाविरुद्ध मुद्दा दायर गरेका थियो । उनीहरूको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !