८ जेष्ठ २०८१, मंगलबार

समाजवादी मोर्चाको धनगढीमा आज सन्देशसभा आयोजना हुँदै


समाजवादी मोर्चा सन्देशसभा फाइल फोटो

धनगढी । समाजवादी मोर्चा नेपालले आज धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्ने जनाइएको छ ।

सन्देशसभाला मोर्चामा रहेका चार दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन् । सन्देशसभालाई प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देशसभा गर्ने भएको छ । समाजवादी मोर्चाले हिजो बुटवलमा सन्देशसभा आयोजना गरेको थियो । यस्तै समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !