८ जेष्ठ २०८१, मंगलबार

गठबन्धन परिवर्तन गर्ने हाम्रो मनसाय छैन : डा. मीनेन्द्र रिजाल


डा. मिनेन्द्र रिजाल फाइल फोटो

चितवन । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता नगरेको बताएका हुन् ।

कांग्रेसका आधारभूत मूल्य र मान्यताभन्दा बाहिर नगएसम्म सरकारले कांग्रेसबाट चिन्ता गर्न नपर्नेमा जोड दिँदै नेता रिजालले त्यस मूल्य र मान्यताभन्दा बाहिरबाट सहयोग खोज्न नहुने बताए ।

नेपाली कांग्रेसले भ्रष्टाचारका विषय लुकाउनु पर्छ भनेर कहीँ नबोलेको उल्लेख गर्दै उनले केन्द्रीय समितिको बैठकमा समेत यो विषयमा निर्णय भएको उल्लेख गरे । भ्रष्टाचार नियन्त्रणका विषयमा पार्टीले गृहमन्त्री र प्रहरीलाई कुनै पनि किसिमको दबाब नदिएको चर्चा गर्दै नेता रिजालले भने, “अनुमानको भरमा कसैलाई आरोप लगाएर हिँड्नु हुँदैन । कांग्रेस पार्टीले निर्णय नै गरेको छ ।”

सरकारको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस भएको दोहोर्याउँदै उनले भने, “कांग्रेसले नचाहँदा न सरकार रहन्छ, न कुनै काम अघि बढ्न सक्छ । कांग्रेसको चाहना विपरीत भयो भन्नु झुट्टा प्रचार हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !