२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा तीन देशका लागि राजदूत नियुक्त


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज सोमबार फ्रान्स, संयुक्त अरब इमिरेट्स र कुवेतका लागि राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएकी हुन् ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री सुधिर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, श्री तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र श्री घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

यस्तो छ राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति पौडेलद्वारा तीन देशका लागि राजदूत नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !