५ जेष्ठ २०८१, शनिबार

सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठक सुरु


राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठक

काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठक सुरु भएको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी रहेका छन् । बैठकमा सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे छलफल हुनेछ ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी भएर हिजो आउन नसकेपछि शीर्ष नेताहरुको बैठक आज बस्ने गरी स्थगित गरिएको थियो ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारवाहीमा अवरोध गर्दै आएको थियो ।

तर संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले गत सोमबार सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने उच्च स्तरीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !