२३ बैशाख २०८१, आइतबार

राष्ट्रपति पौडेलले आह्वान गरेको सर्वदलीय बैठक आज बस्दै


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक आज बस्दै छ । राष्ट्रपति पौडेलले आज मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठकको आह्वान गरेको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको हो ।

राष्ट्रपति पौडेलले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग आज छलफल गर्न लागेका हुन् । यसका लागि आज उनले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ६० किलो सुन तस्करी सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै लगातार संसद अवरोध गर्दै आइरहेको छ ।

संसदमा अवरोध रहिरहेपछि राष्ट्रपतिले यसबारेमा छलफलका लागि बैठक आह्वान गरेका हुन् । राष्ट्रपतिद्वारा आह्वान गरिएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री र सभामुखका साथै शीर्ष नेताहरु र प्रमुख सचेतक, सचेतक लगायतको सहभागिता रहनेछ । एमालेले गत साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ ।

राजनीतिक दलहरुबीच सहमति जुट्न नसकेपछि राष्ट्रपतिले सर्वदलीय बैठकको आह्वान गरेर संसद खुलाउने पहलस्वरुप अग्रसरता देखाएका हुन् ।

यसअघि पनि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए । राष्ट्रपति पौडेलले आइतबार बेलुका रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !