२३ बैशाख २०८१, आइतबार

राष्ट्रपति पौडेलले गरे सर्वदलीय बैठकको आह्वान


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठकको आह्वान गरेको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ६० किलो सुन तस्करी सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै लगातार संसद अवरोध गर्दै आइरहेको छ ।

संसदमा अवरोध रहिरहेपछि राष्ट्रपतिले यसबारेमा छलफलका लागि बैठक आह्वान गरेका हुन् । राष्ट्रपतिद्वारा आह्वान गरिएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री र सभामुखका साथै शीर्ष नेताहरु र प्रमुख सचेतक, सचेतक लगायतको सहभागिता रहनेछ । एमालेले गत साउन १० देखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ ।

राजनीतिक दलहरुबीच सहमति जुट्न नसकेपछि राष्ट्रपतिले सर्वदलीय बैठकको आह्वान गरेर संसद खुलाउने पहलस्वरुप अग्रसरता देखाएका हुन् । आज मात्रै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन भएर भोलि बस्ने गरी सकिएको थियो ।

यसअघि पनि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए । राष्ट्रपति पौडेलले आइतबार बेलुका रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !